Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


गृहमन्त्री अर्यालले प्रहरी महानिरीक्षक खापुङलाई गरे बिदाई


507
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङको बिदाई गर्नुभएकाे छ।

मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच मन्त्री अर्यालले उहाँलाई बिदाई गर्नुभएकाे हाे। ३० वर्षे सेवा अवधि पूरा गरेर खापुङ बुधबारबाट अवकाशमा जानुहुने भएकाे छ। प्रहरी प्रधान कार्यालयले पनि बुधबार साँझ उहाँको बिदाई कार्यक्रम आयोजना गरेको हाे। गत भदौ १९ गतेदेखि प्रहरीको कमाण्ड समालेका खापुङले आईजीपी भएको पाँचौं दिनमा नै जेनजी युवाकाे प्रदर्शनको मार खेप्नुभएकाे थियाे।

आईजीपी नियुक्त भएको पाँचौं दिनमा काठमाडौंको बानेश्वर र इटहरीमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्युभयो । उहाँ आईजीपी भएको छैठाैं दिनमा मुलुकको कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली हेलिकाेप्टर चढेर बालुवाटार छाड्न बाध्य हुनुभयाे। नेपाल प्रहरीमा अहिले ७९ हजार ५ सय ४१ जनशक्ति कार्यरत छन् । त्यति ठूलो फौजको कमाण्ड गरेका खापुङको कार्यकालमा जेनजी प्रदर्शनकारीले ४ सय ६५ वटा कार्यालयमा आगजनी र तोड्फोड गरेका थिए।

अहिले जमध्ये ४ सय १ वटा कार्यालय पुनर्स्थापना भइसकेको छन् । उहाँले २ महिना ७ दिन संगठनको नेतृत्व गर्नुभएकाे छ। मन्त्रिपरिषद बैठकले यहि कार्तिक २७ गतेदेखि लागू हुने गरी ३३ औं आईजीपीमा दान बहादुर कार्कीलाई नियुक्त गरिसकेको छ।