प्रदीप पौडेल (इमेज)
पोखरा, असोज ५ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा नगर्ने स्पस्ट पारेका छन् ।
शुक्रबार पोखरामा पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तर प्रतिस्पर्धा नगर्ने बताए ।
निजी क्षेत्रले गर्न नसक्ने ठाउँमामात्रै सरकारले हात हाल्ने र निजी क्षेत्रहरु लगानीको संवाहक भएको बताउँदै उनले विदेशी लगानीकर्ता र सरकारबीच पुलकारुपमा काम गर्न आह्वान पनि गरे ।
मन्त्री खतिवडाले चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य रहेको भन्दै निजी क्षेत्रकै लगानी, उद्यमशीलता र उत्पादन गर्ने क्षमतालाई हेरेर नीति तथा कार्यक्रम तय गरिएको पनि बताए ।
उनले देशको समृद्धिका लागि कर अतिआवश्यक भएपनि पछिल्ला समय करकाबारेमा धेरै टीका–टिप्पणी भइरहेको बताए ।
‘सरकारले २५ वर्षमा खासै कर नीति परिवर्तन गरेको छैन । सुधारको नाममा बरु सजिलो बनाउँदै लगेको’ उनले दाबी गरे ।
‘करको दायरा बढाउने नाममा जबर्जस्ती कर उठाउन मिल्दैन’ भन्दै उनले कर प्रणाली सरलीकरण गर्दै करदातालाई उत्साही बनाएर कर लिन स्थानीय सरकारहरुलाई आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्