Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


इन्धन आपूर्ति ‘छिट्टै सहज हुने’


0
Shares

काठमाडौं, असोज ५ । सरकार र आन्दोलनरत् चालकबीच शुक्रबार सहमति भएसँगै तेल आपूर्तिमा सुधार आउने जनाइएको छ ।

मुलुकी अपराध संहिताको विरोध गर्दै सार्वजनिक सवारीचालकहरुले गरेको आन्दोलनका कारण पछिल्लो समय तेल आपूर्ति असहज भएको थियो । जसका कारण केही दिनदेखि उपत्यकालगायतका स्थानहरुमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

नेपाल आयल निगमसँग पर्याप्त स्टोरेज हुन नसक्दा ढुवानीमा सामान्य समस्या आउँदा पनि राजधानीलगायत मुलुकभर आपूर्ति असहज हुने गरेको छ ।

चालकहरुलाई केही व्यवसायीहरुले उकास्दा यस्तो समस्या आएको निगमको भनाइ छ ।

चालकका नेताहरु विराटनगरका जीवन कार्की, अमलेखगन्जका राजन केसी, भैरहवाका अनिल जैसवाल, विराटनगरका केशव आचार्य र काठमाडौंका ईश्वर लामाले अवरोध गरेको र उनीहरुलाई कारबाही गर्ने तयारी भइरहेको पनि जनाइएको छ ।