Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


आन्दोलन गर्ने ट्यांकर चालक र ट्यांकर मालिकहरुलाई कारबाही गर्ने तयारी


0
Shares

काठमाडौं, असोज ५ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले यातायात व्यवसायीहरुले पेट्रोलियम ट्यांकर चालकलाई उचालेर अवरोध उत्पन्न गरेको आरोप लगाएका छन् ।

ट्यांकर चालकहरुका सबै माग निगमले पूरा गरिसकेको भन्दै भट्टराईले व्यवसायीको उक्साहटमा लागेर अवरोध गर्ने ट्यांकर चालक र ट्यांकर मालिकहरुलाई कारबाही गर्ने तयारी भइरहेको बताए ।

शुक्रबार हामीसित कुरा गर्दै उनले अवरोध गर्नेहरुको पहिचान भइसकेको पनि बताए ।