भैरहवा, असोज ५ । काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएपछि नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलबारीबाट ३५ ट्यांकर इन्धन काठमाडौं पठाइँदैछ ।
सुरक्षाकाबीच १५ ट्यांकर इन्धन त्यहाँबाट पठाइएको र २० ट्यांकर पठाउने तयारी गरिएको हो ।
भैरहवा भन्सार कार्यालयकाअनुसार बेलहिया नाकाबाट असोज २ गते ११ ओटा एलपी ग्यास बुलेट, ३ गते ३४ ओटा डिजेल, २३ ओटा पेट्रोल र १३ ओटा मट्टितेलको ट्यांकर, ४ गते ५० ओटा डिजेल, १४ ओटा पेट्रोल, एउटा मट्टितेल र साताओटा एलपी ग्यासका बुलेट भित्रिएका थिए ।
चालकहरुको आन्दोलनका विषयमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सर्वपक्षीय बैठकमा दुईबुँदे सहमति भएपनि सार्वजनिक यातायात भने सन्चालन भएका छैनन् ।










प्रतिक्रिया दिनुहोस्