Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने जाँचबुझ आयोगको निर्णय (विज्ञप्तिसहित)


338
Shares

काठमाडाैं । गत भदौ २३ र २४ गते जेनजी युवाकाे आन्दाेलनमा भएको घटना सम्बन्धी जाँच-बुझ आयोगले फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने बताएको छ।

आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिवेदन कुर्न नपर्ने बताउनुभएकाे हाे। ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको जारी विज्ञप्तिमा भनिएको छ।’

आयोगलाई भौतपक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बनधमा आवश्यक राय दिने समेतको कार्यदेश रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे हाे। आयोगले यहि असोज ९ गतेदेखि छानबिनको प्रक्रिया अघि बढाएको थियो। आयोगलाई ३ महिनाको समय दिइएको छ।