
काठमाडाैं । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण कारण बागमती र विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ ।
शनिबार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको हो । अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले नदी छेउमा बसोबास गर्नेहरुलाई शतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । साथै लामो दूरीका यातायात बन्द गरेको हाे । तीन दिनसम्म लामो दूरीको यात्रा नगर्न सरकारले आम नागरिकहरुलाई आग्रह गरेको छ।
बारा, पर्सा, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा अत्याधिक वर्षा भइरहेको छ। वर्षा अब पूर्वी क्षेत्रमा सर्ने भएकाले पूर्वतिर शतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्