Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अरनिको राजमार्ग आज रातिसम्ममा संचालन हुने


845
Shares

काठमाडौं । अरनिको राजमार्ग आइतबार रातिसम्म संचालन हुने भएको छ।

पहिरोका कारण अवरुद्ध भोटेकोशी गाउँपालिका–२ सडक-खण्डमा आइतबार साँझ संचालन हुने भएकाे हाे । सडक डिभिजन कार्यालयले सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको जनाएकाे छ।

पहिरोका कारण पाँच स्थानमा सडक अवरुद्ध भएकोमा चार स्थानको मर्मत कार्य सम्पन्न भइसकेको हाे। अब कोदारी (इको पहिरो) को एक स्थान मात्र मर्मत गर्न बाँकी रहेको छ। सकेसम्म आइतबार नै गाडीहरू गुडाउने भन्ने योजना बनाएको नभए पनि साेमबार सडकमा गाडी गुड्ने कार्यालयले जनाएकाे हाे ।

पछिल्लो ३–४ दिनदेखि मर्मत कार्य भइरहेको र अहिले अन्तिम चरणमा पुगेको र हाल सडकको फिनिसिङको काम भइरहेको कार्यालयले जनाएकाे छ।