Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


संविधान दिवसमा जेनजीकाे आन्दोलनका मृतकप्रति शोक व्यक्त गर्ने लोसपाकाे निर्णय


273
Shares

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान दिवसका दिन जेनजी आन्दोलनमा मृत्यु भएकाहरुप्रति शोक व्यक्त गर्ने भएको छ ।

काठमाडौंमा बुधबार बसेको पार्टी पदाधिकारीकाे बैठकले यस्तो निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता आभास लाभले जानकारी दिनुभएकाे हाे । साथै बैठकले जेनजी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई श्रदाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेकाे छ ।

उहाँले भन्नुभयो,-‘जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरुप्रति गहिरो शोक एवं श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यहि असोज ३ गते पर्न गएको संविधान दिवसलाई शोक दिवसको रुपमा मनाउने बैठकले निर्णय गरेको छ ।’

गत भदौ २३ र २४ गते भएकाे जेनजीकाे आन्दोलनका क्रममा ७४ जनाको मृत्यु हुनुका साथै सयौं युवा घाइते भएका थिए ।