काठमाडौं, असोज ४ । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको जिम्मेवारी पाएको नेपाली सेनाले आयोजना कार्यान्वयनमा उल्लेखनीयरुपमा प्रगति भइरहेको जनाएको छ ।
सेनाको इन्जिनियरिङ विभागले बिहीबार सैनिक मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन गरी आयोजना निर्माणमा भइरहेका प्रगतिबारे जानकारी गराएको हो ।
सेनाले निर्माणकार्य निर्धारित् समयावधिभित्र मितव्ययी ढंगले गुणस्तरीयरुपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
कुल लम्बाइ ७६.२ किलोमिटर रहेको द्रुतमार्गको आगामी चार महिनाभित्र डीपीआर गर्ने, यसै आर्थिक वर्षभित्र ५४ किलोमिटर खन्डभित्र सबग्रेड फर्मेसन लेभलसम्मको अर्थवर्क कटिङ कार्य सम्पन्न गरिनेलगायतका योजना सेनाको इन्जिनियरिङ विभागको छ ।
आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँणले सम्भाव्यता अध्ययन प्रतिवेदनको रेखांकन परिवर्तन गर्दै तीनओटा सुरुङमार्ग निर्माण गर्न लागिएको जानकारी दिए ।
नेपाली सेनाले आयोजनाको पहिलोे वर्ष भौतिक प्रगति १०० प्रतिशतले र वित्तीय प्रगति ९५ प्रतिशत हासिल गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्