Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


रास्वपा सभापति रवि लामिछाने कारागार फर्किने तयारीमा


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको बताउनुभएकाे छ ।

शुक्रबार कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुरा गर्दै प्रशासनले खबर गरे पश्चात सभापति लामिछाने कारागार फर्किन तयार भएकाे जानकारी गराउनुभएकाे छ ।

यस अघि जेनजी आन्दोलनको क्रममा नख्खु कारागारमा रहेका कैदी बन्दीलाई भीडले बाहिर ल्याएपछि लामिछाने पनि बाहिरिनुभएकाे थियाे । तर, उहाँ पुनः कानूनी प्रक्रिया अनुरूप कारागार फर्कन तयार रहेको प्रवक्ता झाले स्पष्ट पार्नुभयाे।

जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले भने आवश्यक प्रक्रिया पूरा गरेपछि आगामी कदमबार जानकारी गराउने बताएका छन्।