१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


सिरहामा आमा-छोरा मृत अवस्थामा फेला, कान्छो छोरोको अवस्था गम्भीर


1.157k
Shares

काठमाडौं । सिरहामा मंगलबार आमा र जेठो छोरा मृत अवस्थामा फेला परेका छन्।

कान्छो छोरोको भने अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । लहान नगरपालिका १२ घर भई सोही नगरपालिका-१ मा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी मृत अवस्थामा फेला परेका हुन्।

उनकै ९ महिनाको बच्चालाई उद्धार गरेर प्रादेशिक अस्पताल लहानमा उपचार जारी रहेको प्रहरीले बताएको छ । मंगलबार बिहान १० बजेतिर रञ्जिता कोठाभित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र जेठा छोरा एरोन खाटमाथि मृत अवस्थामा फेला परेको प्रहरीले बताएको हो । ९ महिनाका कान्छो छोरा भने सोही कोठामा भेटिएको प्रहरीले बताएको छ ।

दुवै बच्चाहरूलाई विषादी सेवन गरेको हुन सक्ने चिकित्सकहरूले बताएका छन् । मृतक आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमर्टमका लागि पठाएको प्रहरीले बताएको हो । घरायसी विवादका कारण सोही घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।