११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालतको अस्वीकार


40.937k
Shares

काठमाडौं । उच्च अदालत दाङको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

सोही इजलासले सहकारी ठगीकाे अभियाेगमा हाल ललितपुरको नख्खु जेलमा रहेका रविलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । रविको रिहाइ माग गर्दै पत्नी निकिता पौडेल लामिछानेले केही दिनअघि मात्रै अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ सकिएपछि न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ ।

बिगो बमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै निकिताले उच्च अदालतमा निवेदन दिएका थिएकी थिइन्। यसअघि जिल्ला अदालत रुपन्देहीले त्यहीं प्रकृतिको निवेदनमा माग बमोजिमको आदेश दिन अस्वीकार गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि विगत ४ महिनादेखि थुनामा रहेका छन् ।

हाल रविलाई नख्खु कारागारमा कैदीका रुपमा राखिएको हो ।