९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


रवि लामिछाने फेरि उच्चमा पुगे, जमानतमा छाेड्न सरकारसँग पत्नी नीकिताको माग


3.809k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि उच्च अदालत बुटवलमा रिट दायर गरेका छन् ।

सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित लामिछानेले सोही अदालतमा रिट दायर गरेका हुन् । लामिछाने पत्नी नीकिताले सोमबार आफूले श्रीमानको तर्फबाट न्यायका लागि उच्च अदालत बुटवलको ढोका पनि ढक्ढक्याएको सामाजिक संजालमार्फत जानकारी गराएकी छन् ।

उनले श्रीमान लामिछानेको न्यायका लागि आफूले संविधान र कानूनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने बताएकी हुन् । श्रीमान लामिछानेको कारागारमा जीवन समेत सुरक्षित नरहेको उनको गुनासो छ ।

नीकिताले आफैले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसदको रोष्ट्रमबाट समेत धमक्याउने कार्य गरेकोेप्रति आपत्ति प्रकट गरेकी हुन् । नीकिताले आफ्नो श्रीमान लामिछानेलाई बिगो तोकेर त्यो बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्नका लागि सरकारसँग आग्रह गरेकी छन् ।

लामिछाने पत्नी नीकिताले सामाजिक संजालमा यस्तो लेखेकी छन् :