६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


नेविसंघले भारत र चीनकाे विरूद्धमा मसाल जुलुस निकाल्याे


208
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारत र चीनबीच लिपुलेकबाट व्यापारिक रूट बनाउने सम्झौताको विरोधमा मसाल जुलुस निकालेको छ ।

काठमाडौंमा शुक्रबार साँझ नेविसंघ त्रिचन्द्र क्याम्पसले मसाल जुलुस निकालेको हो । सोही क्रममा ‘लिपुलेक हाम्रो हो’ भन्ने लगायतका नारा नेविसंघले लगाएको थियो । सघीय संसदमा पनि बिहीबारदेखि यो विषयले प्रवेश पाएको छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी राजनीतिक दलका सांसदहरुले समेत भारत र चीनबीच लिपुलेकबाट व्यापारिक रूट बनाउने सम्झौताको बारेमा आपत्ति जनाएका थिए ।