Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रूप दिन्छः सभामुख घिमिरे


299
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रुप दिने बताउनुभएको छ ।

ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश र स्थानीय तहका अधिकारीहरुलाई सबलीकरण गर्ने, तीन तहबीचको सम्बन्धलाई सुदृढ र प्रभावकारी बनाउने तथा वित्तीय श्रोतको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने कानूनी खाका तयार पार्ने प्रमुख दायित्व संसदको भएको बताउनुभयो । संघीयताको कार्यान्वयन निरन्तर चलिरहने एक गतिशिल प्रक्रिया भएको उहाँले उल्लेख गर्नुभएको छ।

सभामुख घिमिरेले प्रशासनिक संघीयतामा अझै पनि विद्यमान केही केन्द्रिकृत मानसिकता, तीन तहबीचको समन्वयमा देखिने अस्पष्टता, वित्तीय श्रोतको दिगो व्यवस्थापन, वितरण, उपयोगमा समस्या र कर्मचारी समायोजनका जटिलता विषयहरु सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले संविधान कार्यान्वयन, संघीयता कार्यान्वयन गर्ने काममा आफूले सक्ने भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले संविधानको समीक्षा गर्ने समय आएको समेत बताउनु भएको छ ।