६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


पाकिस्तानमा वर्षाका कारण २४ जनाको मृत्यु, १५ घाइते


273
Shares

एजेन्सी । पाकिस्तानमा गत २४ घण्टामा मनसुनी वर्षाका कारण २४ जनाको मृत्यु भएको छ ।

सोही वर्षाका कारण १५ जना घाइते भएको पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको हो ।उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबै भन्दा बढी १४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा २ जनाको मृत्यु भएको छ भने कश्मीरमा एक जनाको मृत्यु भएको हो ।

आकस्मिक बाढी र भारी मनसुनी वर्षाका कारण धेरैको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गत जुन महिनाको अन्त्यदेखि पाकिस्तानमा भएको मौसमी वर्षाले ७ सय ७१ जनाको मृत्यु भएको एनडिएमएले जनाएको हो ।