१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे


260
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गर्न संस्कृति एवं कलाको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ ।

आइतबार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरुसँग संसद भवनमा भेट्दै सभामुख घिमिरेले विगतमा नेपालीहरुले भोग्नुपरेको निरङ्कुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले निरङ्कुश राजतन्त्रको कठोर घेराभित्र नेपाल थिचिएको कारण तत्कालीन समयमा नेपालमो कला र साहित्यसँग सम्बन्धीत कार्यक्रमहरु आयोजना हुन नपाएको उल्लेख पनि गर्नुभयो ।

सभामुख घिमिरेले विश्वभर रहेका नेपालीभाषीहरुलाई एउटै मञ्चमा ल्याउन मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स जस्ता कार्यक्रमले ठूलो भुमिका खेलेको बताउनुभयो । संसारभर रहेका नेपालीहरुलाई गास्ने प्रयासमा सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।