२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कांग्रेसले खुट्टा डग्मगाए आदिवासी जनजातिका मुद्दा सकिन्छन् : महामन्त्री थापा


572
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको अस्तित्व र भुमिकालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै पार्टी कार्यकर्ताहरुलाई दृढका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीनिकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो आग्रह गर्नुभएको हो ।

महामन्त्री थापाले पछिल्लो समय कांग्रेसको बारेमा पार्टीले भन्दा पहिले अरुले टिप्पणी गर्ने गरेको भन्दै पार्टीको महत्व र आवश्यकताबारे आफैंले भन्नुपर्ने बताउनुभयो । उहाँले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकार र पहिचानको रक्षा गर्ने प्रमुख शक्ति नै नेपाली कांग्रेस रहेको दाबी गर्नुभयो । आदिवासी जनजातिको मुद्दामा कांग्रेस बाहेक अरु कुनैपनि पार्टी इमादार नरहेको उहाँको टिप्पणी छ ।

महामन्त्री थापाले आउँदो असोजसम्म पार्टी सदस्यता नविकरण गरिसक्ने समेत बताउनुभयो । आउँदो मसिंरदेखि नयाँ सदस्यता वितरण गर्नेगरी काम भइरहेको उहाँको भनाइ छ ।