
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामर्थ्यअनुसार विकासका कामहरु गरिरहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सामथ्र्यअनुसार नेपालले विकासका कामहरु अघि बढाइरहेको उल्लेख गर्नुभयो । उहाँले मित्रताका लागि गच्छ नचाहिने भन्दै आफ्नो सामथ्र्यअनुसार पारस्परिक सम्बन्ध अघि बढाइरहेको बताउनुभयो । नेपाल र चीन बीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल-चीनबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा कुनैपनि काम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्