३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


निजी क्षेत्रको लागि लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह


195
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

बुधबार काठमाडौंमा महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक लाभका लागि मात्र नभई मुलुकमा विदेशी मुद्रा भित्र्याउने, वस्तु तथा सेवा निर्यात गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने लगायत राष्ट्रको हितमा काम गरिरहेको बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रबीचको सहकार्यमार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्टि आकांक्षा पूरा हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले नीति निर्माण तहका निकाय र सरकारी संयन्त्रलाई निजी क्षेत्रलाई लगानी गर्न उत्साहित गराउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।