
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विगतका घटनाहरुबाट पाठ सिकेर मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारीमा जुट्न सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विपद् व्यवस्थापनमा सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताउनुभयो । रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै उहाँले नेपालको हिमाली क्षेत्र जलवायु संकटको विस्फोटक केन्द्रजस्तो बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो ।
विपद् व्यवस्थापनका लागि सामूहिक प्रतिवद्धताको खाचो रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्