२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सरकारमा आएपछि राजनीति नगरौं : प्रधानमन्त्री ओली


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गर्नका लागि सरकारमा आउन नहुने बताउनुभएको छ ।

बिहीबार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा राजनीतिक दलहरु नै आउने तर राजनीति गर्नका लागि आउन नहुने बताउनुभयो । सरकारमा आएपछि राजनीति नभइ शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन लगायतका आवश्यक प्राथमिकताका क्षेत्रहरु छुट्याएर त्यसमै केन्द्रित भइ काम गर्न जरुरी रहेको बताउनुभयो । खेल राजनीति भन्दा बाहिर हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले खेलप्रति बजेटबाट माया देखाएको बताउनुभयो । राष्ट्रिय खेलकुदको समय अब पनि सार्नु भनेको लज्जाको विषय हुने बताउनुभयो । अब तोकिएको समय ९मंसिर० मा राष्ट्रिय खेलकुदको आयोजना हुने बताउनुभयो । एनपिएलको तयारी गर्न पनि निर्देशन दिनुभयो ।