२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेकपा (एस)द्वारा पार्टीको आगामी कार्य योजनाबारे छलफल


221
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल गरेको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको सचिवालय बैठक असार १३ गतेदेखि नै जारी रहेको र आज छोटो समय बसेर स्थगित गरेको बताउनुभयो । सचिवालयका केही सदस्यहरुमा भएको स्वास्थ्य समस्याका कारण बैठक लामो समय बस्ने नसकेको उहाँको भनाइ छ ।

उपाध्यक्ष खतिवडाले बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्ष माधवकुमँर नेपालमाथि अख्तियारले लगाएको मुद्दा र त्यस मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षमा छलफल भएको बताउनुभयो । उहाँले पार्टीको आगामी सचिवालय बैठक असार २२ गते बस्ने जानकारी दिनुभयो ।