
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ पिरियडबारे भएको चलखेलमा छानविन समिति बनाउन सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले मंगलबार सभामुखसँगको भेटमा पनि छानसिवन समितिको माग गरेपनि अहिलेसम्म सहयोग हुन नसकेको बताउनुभयो । उहाँले राष्ट्रिय सभामा प्रश्तुत गर्दा सच्याएर पठाइनुपर्ने बताउनुभयो ।
सांसद बडूले सभामुखलाई यसबारेमा अनुसन्धान गर्न छानविन समिति बनाउन माग गरेको तर सहयोगको अवस्था नरहेको बताउनुभयो । राष्ट्रिय सभामा विधेयक पेश भइसकेको भन्दै जालझेलको शुरुवात बिन्दुबाट नै अनुसन्धान गरेर कारबाही गर्न माग गर्नुभयो ।
सांसद बडूले कुलिङ पिरियडबारे भएको जालझेलको निष्पक्ष छानविन हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्