
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रोजगारी सिर्जना र औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले बजेटमा लघु तथा मझौला उद्योग प्रवद्र्धन, सीप विकास, औद्योगिक ग्राम र घरेलु उत्पादनलाई प्राथमिकतामा राखिएको बताउनुभएको हो । उहाँले औद्योगिक तथा रोजगारमूलक आयोजना प्रभावकारी कार्यान्वयन र पूँजीगत खर्च अभिवृद्धि गर्न विभिन्न कानूनी प्रावधानमा समयसापेक्ष संशोधन गरिएको समेत बताउनुभयो । उहाँले घरेलु मदिराको ब्राण्डिङका लागि समेत बजेट विनियोजन गरिएको र अन्तःशुल्क तथा मदिरासम्बन्धी नियमावली संशोधन प्रक्रियामा रहेको जानकारी पनि गराउनुभयो ।
रुग्ण उद्योगहरुको पुनः सञ्चालानका लागि विवरण संकलन गरी अर्थमन्त्रालयसँग आवश्यक समन्वय मन्त्री भण्डारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्