
काठमाडौं । एसीसी यु -१६ इस्ट जोन कपको समूह चरण्को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको छ , क्वालालम्पुरको सेलेनगोर टर्फ क्लबमा २५९ रनको लक्ष्य पछ्याएको भुटान ३२ दशमलब ४ ओभरमा ६० रनमा समेटिएपछि नेपालले खेल २९८ रनले जितेको हो ।
लक्ष्य पछ्याउने क्रममा भुटानका सेजाङ दावाले १४ र उग्येन केलजाङ चोपेलले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका बलर अनुशासनमा कायम नरहँदा २२ रन अतिरिक्त दिए । बलिङतर्फ नेपालका कप्तान विपिन प्रसाद शर्माले चार विकेट लिँदा सचिन भट्ट र सुयोग भट्टराईले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा रन बनाएको थियो । नेपालका लागि रौनकले सर्वाधिक रन बनाए । १३३ बल खेलेका उनले १६ चौका र पाँच छक्काको मद्दतले १६८ रन जोडे ।
जोय थापाले नटआउट ६१ रन बनाउँदा श्रीवान्स बजगाईंले ५४, सुगम बुढाथोकीले ३५ र सचिन भट्टले नटआउट ८ रनको पारी खेले। नेपालका ओपनरद्वय प्रसिद्ध जैसी र परिमार्जन यादवले सम्झनलायक प्रदर्शन गरेनन् । जैसीले सात रन बनाउँदा यादवले दुई रनमा मात्र समेटिए । भुटानका लागि सञ्जय दोर्जेले तीन विकेट लिँदा तेन्जिन लोडे जामत्सोले एक विकेट लिए ।
जितसँगै नेपाल चार खेलमा आठ अंकसहित समूह ए को तालिकाको शीर्षस्थानमा छ । भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले सेमिफाइनलमा समूह बी को उपविजेता मलेसियाको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्