Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


एमालेलाई कसैले फुटाउन सक्दैन : अध्यक्ष ओली


325
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले रक्तबीज झैँ भएको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले रक्तबीज झैँ भएकाले एउटामाथि हमला गरे अरु धेरै राम्रा मान्छेहरु एमालेमा जन्मिने बताउनुभयो । एमालेलाई फुटाउन कसैले खोजे त्यो सम्भव नरहेको चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले एमालेले जबज जपेर बस्ने नभइ कार्यान्वयन गरिरहेको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै पार्टीले दिएको सुविधाहरु लिएर पार्टी फुटाउन लागेको बताउनुभयो । पार्टीकै सुविधा लिएर पार्टी फुटाउन लाग्नेहरुलाई लाज हुनुपर्दैन रु उहाँको प्रश्न छ ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले भकिम्लाको काठ जस्तो कमजोर नभएको बताउनुभयो ।