१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


मिसन ८४ मा कसैले बाधा पुर्‍याउन खोजे हिसाब किताब हुन्छ : अध्यक्ष ओली


3.094k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मिसन २०८४ मा कसैले बाधा पु¥याउन खोजे त्यसको हिसाव किताव हुने बताउनुभएको छ ।

शनिबार जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमालेले अर्जुनदृष्टिका साथ मिसन ०८४ लाई हेरिरहेको बताउनुभयो । मिसन ०८४ मा बाधा कसैले पु¥याउन नसक्ने उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले पार्टीलाई एकतावद्ध, अनुशासित, वैचारिक हिसावले स्पष्ट, संगठानिक हिसावले एकतावद्ध, अनुशासित बनाएरु लिएर जाने कुरामा पार्टी नचुक्ने स्पष्ट पार्नुभयो । महाधिवेशन आउनु भन्दा अगाडिदेखि कार्यकर्तालाई महाधिवेशन नलागे पनि केही स्वार्थ तत्वलाई लागिरहेको बताउनुभयो । यस्ता खालका प्रवृत्तिहरुलाई कसैले पनि प्रोत्साहन नगर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले अनुशासनका साथ पार्टीलाई एकतावद्ध ढंगबाट अघि बढाउन आग्रह गर्नुभयो ।