
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सुनचाँदीका गरगहना र खाद्यान्नमा लगाइएको कर प्रणाली अनुचित भएको भन्दै पुनरावलोकन गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै सांसद पुनले सुनचाँदी, हिरा-मोतीजस्ता गरगहनामा लगाइएको २ प्रतिशत विलासिता शुल्क विक्रीका विभिन्न तहमा पुगेपछि उपभोक्ताले २० प्रतिशत कर तिर्नुपर्ने अवस्था आउने उल्लेख गर्नुभयो । सुन विलासी वस्तु नभएको कारण गत आर्थिक वर्षको बनेटमा समावेश गरिएको १० लाखसम्मको सुनचाँदीलाई विलासिता कर छुट दिने नीति सरकारले अवलम्वन गर्नुपर्ने बताउनुभयो ।
पुनले खाद्यान्न र गेडागुडीमा आयात गर्दा पूर्वकर १० प्रतिशत हटाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले त्यसले घरेलु उत्पादनलाई क्षति पुग्ने र विदेशी फलफूल सस्तो हुने अवस्था आएको बताउनुभयो ।
सरकारले एउटा उद्योगलाई माथि उकास्ने नाउमा अन्य २५ उद्योगहरु बन्द गर्ने खालको नीति लिएको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्