Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


निर्वाचन क्षेत्र रणनीतिक सडकहरुलाई राष्ट्रिय राजमार्ग सरह निर्माण गर्छौं : मन्त्री दाहाल


0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १६५ वटै निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले स्रोत अभावका कारण केही सडक आयोजनाहरु सम्बन्धीत जिल्लामा नपरेको स्वीकार गर्दै छलफलका क्रममा सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत निर्वाचन क्षेत्र रणनीतिक सडकलाई राष्ट्रिय राजमार्ग सरह पूर्णरूपमा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघीयता कार्यान्वयनमा समेत टुवा पुग्ने गरी बजेटको समानुपातिक वितरण गरिएको मन्त्री दाहालको दाबी छ ।