
काठमाडौं । सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी रहेको बताउनुभएको छ ।
शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ भन्नेबारेमा बहस गर्न जरुरी रहेको बताउनुभयो । उहाँले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका दोषहरुका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामुलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरु गर्ने विधि के हुनसक्छ ? भन्ने विषयमा छलफल चलाउन जरुरी रहेको बताउनुभयो ।
सभामुख घिमिरेले निार्वचन प्रणालीको बारेमा बहस र छलफल हुन आवश्यक रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्