३१ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025


एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ : प्रधानमन्त्री ओली


871
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताउनुभएको छ ।

धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतिहरुलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताउनुभयो । उहाँले गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको भन्दै यस वर्ष नै सुधार आउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गर्नुभयो । थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुने स्थिति पु¥याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने बताउनुभयो । विद्यार्थीलाई सफलताको बाटो हिँडाउने आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले रोजागरीका अवसर खोज्ने नभइ सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको बताउनुभयो ।