
काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले मुलुकमा प्रतिगामीहरुको चहलपहल कायम रहेको बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा रहेको बताउनुभएको हो ।
सांसद भट्टराईले प्रतिगामी शक्तिहरुको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा रहेपनि जनसहभागिता कमजोर भएसँगै असफल हुँदै गएको दाबी गर्नुभयो । जसरी गिरिबन्धु, यति, ओम्नी लगायतमा भ्रष्टाचारका कुराहरु आएको धेरै वर्ष भइसकेको भन्दै सांसद भट्टराईले त्यस अवधिमा सबैको सरकार बनेपनि त्यसको छिनोफानो गर्ने निकायहरुलाई जिम्मा दिने भन्दै प्रश्न गर्नुभयो ।
सांसद भट्टराईले जनतालाई भ्रममा पार्ने र लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह गर्नेतर्फ भन्दा पनि प्राप्त उपलब्धीहरु जनतासम्म पु¥याउने गरी काम गर्न आग्रह गर्नुभयो ।
सांसद भट्टराईले गृह मन्त्रालयअन्तर्गतको एउटा कर्मचारीले भ्रष्टाचार ग¥यो भन्दैमा कुनै आरोपबिना गृहमन्त्रीको राजीनामा माग्नु जायज नभएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्