
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध केही दिनभित्रै हट्ने बताउनुभएको छ ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले बालुवाटारमा बैठक गरेपछि बिस्तारै प्रगति भइरहेको बताउनुभयो । भरपर्दो छानविनमा सरकारको प्रतिवद्धता आए संसदको अवरोध हट्ने बताउनुभयो । सत्तापक्ष छानविन गर्न सहमत नै देखिएको तर छानविन समिति बनाउने, पूर्वन्यायाधीशको नेतृत्वमा छानविन गर्ने वा अन्य केही गर्ने भन्नेमा सहमति नभएको जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले अख्तियारमा भिजिट भिसा प्रकरणमा छानविन शुरु भएको हुनाले विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्