
काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरुको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकमा अवरोध सिर्जना गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराउनुभयो ।
ढिलो गरेर शुरु भएको प्रतिनिधि सभाको बिहीबारको बैठकमा विपक्षी दलहरुले बैठकको कारबाही शुरु भएसँगै अवरोध गरेका हुन् ।
भिजिट भिसाको आवरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने, उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् । निरन्तरको संसद अवरोधका कारण अगामी आर्थिक वर्षको आय र व्ययको अनुमानमाथिको छलफल प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्