Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


‘टेक एण्ड पे’ प्रणालीमार्फत विद्युत खरिद सम्झौता गर्ने प्रावधानप्रति इप्पानको आपत्ति


468
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले उत्पादन र खपतको सन्तुलन हुनेगरी ‘टेक एण्ड पे’ प्रणालीमार्फत विद्युत खरिद सम्झौता (पिपिए) गर्ने नीतिप्रति आपत्ति जनाउनुभएको छ ।

अगामी आर्थिक वर्षको बजेटमा सार्वजनिक ‘टेक एण्ड पे’ पिपिएको प्रावधानविरुद्ध काठमाडौंमा आयोजित उर्जा उत्पादकहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले आपत्ति जनाउनुभएको हो ।

अध्यक्ष कार्कीले सरकारको ‘टेक एण्ड पे’ मोडलले निजी लगानीकर्ताको हाइड्रोपावरबाट पन्छ्याउन खोजेको गुनासो समेत गर्नुभयो । उहाँले सरकारले अगामी आर्थिक वर्षभित्र चार हजार आठ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उक्त विद्युत् उत्पादन पनि निजी क्षेत्रले गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले अगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएपनि विद्युत खरिद सम्झौता उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित हुने नीतिले लगानीकर्तालाई निरुत्साहित बनाउने बताउनुभयो । उहाँले हिउँदको समयमा बढीमा ३ हजार मेगावाट विद्युत खपत हुने भन्दै अध्यक्ष कार्कीले उत्पादन र खपतको सन्तुलनको आधारमा अहिले नै विद्युत् बढी भइसकेको बताउनुभयो ।

अध्यक्ष कार्कीले निजी क्षेत्रविरोधी र ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई समाप्त पार्ने गरी आएको टेक एन्ड पेको प्रावधान तुरुन्तै संशोधन गरी पहिलादेखि नै विद्युत प्राधिकरणले गर्दै आएको टेक अर पेमा नै पीपीए गर्ने वातावरण निर्माण गर्न माग गर्नुभयो ।

Skip This