
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट ः अ होलिस्टिक डिसकर्स’मा बोल्दै अध्यक्ष ढकालले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभएको हो । उहाँले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताउनुभयो ।
अध्यक्ष ढकालले सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने बताउनुभयो । सरकारले अपेक्षा गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर बजेट राम्रोसँग कार्यान्वयन हुनसके सम्भव रहेको बताउनुभयो ।
अध्यक्ष ढकालले बजेटले उल्लेख गरेको खानीजन्य वस्तुहरु आन्तरिक प्रयोग र निर्यात गर्नेकुराबाट पछाडि फर्किन नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्