२२ जेष्ठ २०८२, बिहिबार | Fri Jun 6 2025


देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र छैन : प्रधानमन्त्री ओली


312
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र नभएको बताउनुभएको छ ।

संसदीय दलको बैठकमा सोमबार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै प्रधानमन्त्री ओलीले नचाहिने कुरामा सरकारको ध्यान नभएको दाबी गर्नुभयो । उहाँले सरकार देशमा सुशासन र विकासको काममा लागेको भन्दै यसको विरोध नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले रचनात्मक ढंगले आलोचना गर्न विपक्षी दलहरुसँग आग्रह गर्नुभयो । कसैले राजीनामा माग्यो तर राजीनामा आएन भनेर स्ंसद बन्द नहुने बताउनुभयो । यो कदम प्रतिगामी कदम भएको र यसले प्रतिगमन्लाई सहयोग पुग्ने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले लाकेतन्त्रको मर्यादा विपरितको कदम चाल्न नहुने बताउनुभयो ।