Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रक्रिया अगाडि बढाउने लगानी बोर्डको निर्णय


455
Shares

काठमाडौं । लगानी बोर्डको बैठकले सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

निजी क्षेत्रले प्रश्ताव गरेको एक हजार मेगावाटको सौर्य ऊर्जासँग सम्बन्धित आयोजनालाई स्वीकृत गरेर त्यसको अध्ययनको प्रक्रिया बढाउने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । उहाँले ब्याट्री इनर्जी स्टोरेज प्रोजेक्टले पिक लोडको अवस्थामा ऊर्जाको प्राप्त नहुने समस्यालाई समाधान गर्ने विश्वास लिइएको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले समुन्द्र भित्र रहने कोबाल्ट लगायत रेयर अर्थ मेट्रियल्सहरुमा नेपाल राख्ने अधिकारलाई लिनको लागि अध्ययन गर्ने सहितको प्रश्तावित प्रश्तावलाई स्वीकृत गरेर अध्ययनको प्रक्रिया अगाडी बढाउने निर्णय भएको समेत बताउनुभयो । उहाँले पाँचखालमा विशेष आर्थिक क्षेत्र विकास गर्ने सम्बन्धित प्रस्तावित परियोजनालाई अगाडि बढाउन उक्त प्रश्तावलाई अध्ययन गरेर स्वीस च्यालेन्जको माध्यममा प्रतिस्पर्धा गराइ अगाडि बढाउने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्बन्धित मन्त्रालयहरूको बीचमा टास्क टिम बनाएर थप अध्ययनको कामहरू अघि बढाउने लगायतका निर्णय भएको जानकारी दिनुभयो ।

Skip This