
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व पश्चिमका राजमार्गहरु र उत्तर दक्षिणका कोरिडोर तथा राजमार्गहरुको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले उत्तर दक्षिणका करिडोर तथा राजमार्गहरु जनघनत्वको हिसावले पहाडसम्म बनाउनै पर्ने भएपनि उत्तरतर्फ भने पर्यटकको सहजता र पहुँचका लागि बनाइरहेको जानकारी दिनुभयो ।
मन्त्री दाहालले काठमाडौं–मुग्लिङ–पोखरा, बुटवल–पाल्पा–पोखरा, काठमाडौं–धुलिखेललगायत मुख्य सडकहरुको निर्माण समयमै सम्पन्न हुने दावी गर्नुभयो । केही निर्माणाधीन राजमार्गहरुमा समस्या रहेको बताउँदै उहाँले सडक सञ्चालको हिसावले पर्यटन प्रबद्र्धनका लागि केन्द्रित भएर लागेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा मन्त्री दाहालले बेनी–जोमसोम सडक निर्माणको अन्तिम चरणमा पुगेको र काठमाडौं–केरुङ राजमार्ग भौगोलिक अवस्थाका कारणपनि प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्