
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विरुद्ध आक्रमण जारी रहेको बताउनुभएको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले दुनियाँमा विभिन्न प्रकारका कुप्रचारहरु भइरहेको बताउनुभयो । एमाले विरुद्ध हमला भइरहेको समयमा पढेलेखेका, टेक्निकल एजुकेसन, जीवनसँग सम्बन्धित शिक्षा लिएका युवाहरु एमालेमा प्रवेश गर्नु नेपाल बनाउने भिजिनरी संकल्प भएको बताउनुभयो ।
अध्यक्ष ओलीले एमालेले युवालाई सदुपयोग गर्ने पनि बताउनुभयो । उहाँले सही बाटोमा अरुलाई ल्याउँछु तर गलत बाटोमा जान्न भन्ने दृढ संकल्प लिन जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेकपा एमाले जनताका हक अधिकार र देशका लागि लड्ने पार्टी भएको बताउनुभयो । उत्ताउलो नभइ जिम्मेवार पार्टीको रुपमा एमालेले काम गरिरहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्