
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै शंकट नरहेको बताउनुभएको छ ।
शनिबार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि कुराको शंकट नभएकाले ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले आफूहरुलाई मार्ग निर्देश गर्न माक्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूहरुका प्रेरणाका श्रोत दन भण्डारी, जीवराज आश्रित जस्ता महान नेताहरु रहेको र उहाँबाट सही ढंगले वैचारिक हिसावले मार्गनिर्देशन भइरहेको बताउनुभयो । उहाँले आजको परिस्थिति एउटा अनुकुल परिस्थिति भएको र अनुकुल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण र पार्टी विशेषलाई केन्द्रित गरी पार्टी अध्यक्षमाथि व्यक्तिगत रुपमा पनि केन्द्रित गरेर हमला भइरहेको बताउनुभयो ।
महाभारत युद्धको बेलामा युधिष्ठिरलाई घेराउ गरेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले आफूलाई पनि त्यही हिसावले घेर्ने काम भइरहेको बताउनुभयो । नेता ढल्यो भने पार्टी ढाल्न सहज हुने बुझाइले आफूमाथि प्रहार भइरहेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूहरु सत्यको मार्गमा रहेकाले अन्तिममा विजय सत्यकै हुने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्