१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल असान्दर्भिक : वर्षमान पुन


260
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सान्दर्भिक नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद पुनले तीन महिनाअघि नै छलफल गरेर त्यसबाट प्राप्त हुने योजना समावेश गरी बजेट बनाउनुपर्नेमा यस पटकपनि त्यसो हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

अर्थमन्त्री यता सिद्धान्त र प्राथमिकतामा छलफल गराइरहनुभएको छ उता हरेक मन्त्रालयले आफ्ना योजना समावेश गरिसक्यो सांसद पुनको भनाई थियो । उहाँले आगामी बजेट जेनजी पुस्तालाई सम्बोधन र निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउनेगरी आउनुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक वित्त प्रणालीमा, खर्च गर्ने तरिकामा, योजना छनोट गर्ने तरिका लगायतमा सुधार गर्न सुझाव दिनुभयो ।

सांसद पुनले नियामक निकायहरुमा समयमै नियुक्ति गरेर वित्तीय क्षेत्र सुधारका लागि प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो ।