३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव छैन : सांसद ढुंगाना


598
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद ढुंगानाले यस्तो बताउनुभएको हो ।

सांसद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोच नराख्न पनि आग्रह गर्नुभयो । निर्वाचन प्रणाली नभइ आफ्नो सोचनमा परिवर्तन गर्न आग्रह गर्नुभयो । उहाँले बाँडफाँडको आधारमा नभइ शक्तिको आधारमा सरकारका निकायहरुमा व्यक्तिहरुको भर्ना हुने गरेको बताउनुभयो । उहाँले संसदीय व्यवस्था स्वीकार गर्नुको विकल्प नरहेको बताउनुभयो ।

सांसद ढुंगानाले आफूले गरेको सबै ठिक र अरुले गरेको सबै काम बेठिक भन्ने सोच राख्न नहुने बताउनुभयो ।