३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसदमा प्रश्तुत


1.495k
Shares

काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधि सभामा प्रश्तुत भएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक प्रश्तुत गर्नुभएको हो ।

त्यसअघि सांसद प्रेम सुवालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि बिरोधको सूचना दिनुभएको थियो । सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले हाउजिङ कति जग्गामा सञ्चालन गर्न पाउँछ भन्नेकुरा विद्यमान कानूनले स्पष्ट गरेको बताउनुभयो ।

हाउजिङलाई जग्गा किन्न दिने अनुमति सरकारले दिएको र उनीहरुले नम्बरी जग्गा किन्न पाउने बताउनुभयो । साथै बनाउन दिने अधिकार पनि दिएको बताउनुभयो । किन्न, बनाउन र बेच्न दिने अधिकार अघिल्लो कानूनमा रहेको र पछि सूचित आदेश बनाउँदा छुटेकाले अहिले जोडेको बताउनुभयो ।