२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


गौतमबुद्ध क्रिकेट रंगशाला बनेसँगै धुर्मस-सुन्तलीको दुःख हट्छ : प्रधानमन्त्री ओली


1.794k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाएर छोड्ने बताउनुभएको छ ।

मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नयाँ काम शुरु गरिएको र काम शुरु गरेपछि बनेर छोड्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चितवनमा गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन शुरु गर्दा त्यहाँ धेरै गाह्रो छ काम नथाल्नु भनेको स्मरण गर्दै पछि धेरै दुःख पाएको बताउनुभयो । उहाँले क्रिकेट मैदान बनेसँगै उनीहरुको दुःख हट्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले उनीहरुले धेरै ठूलो काम शुरु गरेको र एकदिन सफल हुने बताउनुभयो ।