
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षा विपरित परम्परा धान्ने र औपचारिकतामै सिमित हुने खालको रहेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयवस्तुले देशको अर्थतन्त्रका सामु देखिएका जटिलता र जनस्तरमा चुलिएको असन्तोष सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभयो ।
अध्यक्ष दाहालले नीति तथा कार्यक्रमले ल्याउने क्रममा सरकारले राष्ट्रका महत्वपूर्ण पक्षहरू बिर्सिएको आरोप समेत लगाउनुभयो । उहाँले दुई तिहाईको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार अहिले आफैंभित्रबाट एक्लिए अध्यक्ष दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले सरकारको नीति तथा कार्यक्रमले सरकारको सोच र राष्ट्रको दिशा निर्देश गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्