२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको छ : अध्यक्ष दाहाल


260
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै अध्यक्ष दाहालले यस्तो आरोप लगाउनुभएको हो ।

आलोचना गर्नेहरुलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने र गठबन्धन निर्माणका सुत्रधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सरकार सिमित रहेको अध्यक्ष दाहालको टिप्पणी छ । उहाँले अहिलेको मुख्य समस्या सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कुशासन भएपनि यी विषयहरुलाई नीति तथा कार्यक्रममा महत्व नदिइएको बताउनुभयो । उहाँले देशमा भ्रष्टाचार बढेको र ग्रे लिष्टमा परेको भएपनि सरकारले उक्त कुरामा तपशीलको लक्ष्य राखेको राखेको आरोप लगाउनुभयो ।

सरकारसँग संख्याको दम्भ रहेको र जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन रहेको अध्यक्ष दाहालको आरोप छ ।