
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिका साधारण सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले व्यवस्थित आवास बनाउँदा बनाउनको लागि मात्रै बनाउने नभइ आय आर्जन गर्नसक्ने किसिमको हुनुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले आवासमा बस्नका लागि मात्रै अब मानिसहरु नजाने उल्लेख गर्नुभयो । उहाँले जग्गा विकासमा नेपालीहरुलाई न्युनतम रुपमा आवश्यक पर्ने जीवनउपयोगी, आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता भएको बताउनुभयो । आफू बसेको ठाउँबाट केही आय आर्जन गरेर आफ्नो परिवारलाई पाल्नसक्ने वातावरण तयार भएको खण्डमा नै व्यवस्थित बस्ती विकास हुने जिकिर गर्नुभयो । सिमेन्ट, रडको प्रयोग नगरी स्थानीय श्रोत साधनको प्रयोगबाट वातावरणमैत्री भवनहरु निर्माण गर्दा फाइदा हुने उहाँको भनाइ छ ।
उपप्रधानमन्त्री सिंहले अब बस्ती विकास गर्दा समाजमा चाहिने न्युनतम आधारहरु राखेर जग्गा विकास गर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्